सुनचाँदीको मूल्य बढ्यो
३१ असार , काठमाडौं । आज (सोमबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन २ सय रूपैयाँले बढेको हो ।
आइतबार प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ लाख ४६ हजार ९ सय रूपैयाँमा कारोवार भैइरहेको छ ।
त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४६ हजार २ सय रूपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा १ हजार ८ सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी आज १० रूपैयाँले बढेर १ हजार ८ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्