५ आश्विन २०८१, शनिबार
मुख्‍य समाचार राजनीति समाचार समाज

१८ महिना साथ दिने सबैलाई प्रचण्डको ‘धन्यवाद’

३१ असार , काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व गर्नेक्रममा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

सोमबार केपी ओलीले प्रधानमन्त्रीको शपथ लिएपछि प्रचण्डले सामाजिक संजालमार्फत सरकार सफल पार्न महत्वपूर्ण भूमिका खेल्ने सबैलाई धन्यवाद दिएका हुन् । तर नवनियुक्त प्रधानमन्त्री ओलीलाई भने उनले बधाई दिएका छैनन् ।

तेस्रोपटक प्रधानमन्त्रीका रूपमा सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित झण्डै साढे अठार महिना देश र जनताको सेवामा समर्पित हुने अवसर मिलेको उनले उल्लेख गरेका छन् । उनले लेखेका छन् ।

‘तेस्रोपटक प्रधानमन्त्रीका रूपमा सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित झण्डै साढे अठार महिना देश र जनताको सेवामा समर्पित हुने अवसर मिल्यो। मेरो नेतृत्वको सरकार सफल पार्न महत्वपूर्ण भूमिका खेल्नुहुने माननीय मन्त्रीज्यूहरू, सङ्घीय संसदका माननीय सदस्यहरू, संवैधानिक आयोगका पदाधिकारीज्यूहरू, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरू, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)लगायत सम्पूर्ण राजनीतिक दलहरू, राष्ट्रसेवक कर्मचारीहरू, सुरक्षा निकाय, स्वकीय र निजी सचिवालय टीम, निजी क्षेत्र, कानुन व्यवसायीहरू, बौद्धिक क्षेत्र, नागरिक समाज, सञ्चारकर्मी, सामाजिक संघसंस्था, अन्तर्राष्ट्रिय समुदाय, गैरआवासीय नेपालीहरू लगायत आम जनसमुदायमा सहृदय धन्यवाद व्यक्त गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्