५ आश्विन २०८१, शनिबार
अर्थ मुख्‍य समाचार समाचार समाज

सुनचाँदीको मूल्य घट्यो

३ साउन , काठमाडौं । नेपाली बजारमा (आज) बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ३ सय रूपैयाँले घटेको छ ।

बुधबार प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ३ सय रूपैयाँले घटेर १ लाख ४९ हजार ५ सय रूपैयाँमा कारोवार भैइरहेको छ ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४८ हजार ८ सय रूपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १ हजार ८ सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी आज ३५ रूपैयाँले घटेर १ हजार ८ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्