६ आश्विन २०८१, आईतवार
मुख्‍य समाचार राजनीति समाचार समाज

संविधान र कानूनलाई शिरमा राखेर काम गर्छुः महान्यायाधिवक्ता बडाल

३ साउन , काठमाडौं । नवनियुक्त महान्यायाधिवक्ता रमेश बडालले पदभार ग्रहण गरेका छन् ।

बिहीबार राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथग्रहण लगत्तै महान्यायाधिवक्ता कार्यालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।

पद भारका क्रममा महान्यायाधिवक्ता बडालले संविधान र कानूनलाई शिरमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले भने, ‘संविधानले जे दायरा लागू गरेको छ, त्यो दायरा अनुसार नै मैले र मेरो कार्यालयले सम्पूर्ण काम कारबाहीहरु गर्ने छ । यो काम गर्दा हामीले शिरमा संविधान र कानूनलाई राख्छौं । संविधान र कानूनले जे निर्दिष्ट गर्छ त्यो भन्दा दायाँ बायाँ हाम्रो कार्यालयबाट केही काम हुँदैन् ।’

उनले महान्यायाधिवक्ता कार्यालयले अगाडि सारेका योजनालाई अगाडि बढाउने समेत प्रतिवद्धता जनाएका छन् ।

पदभार ग्रहणसँगै पूर्वमहान्यायाधिवक्ता अग्निप्रसाद खरेललाई बिदाइ पनि गरिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्