६ आश्विन २०८१, आईतवार
खेलकुद मुख्‍य समाचार समाचार

एसिसी महिला एसिया कप क्रिकेट : नेपालले टस जित्यो

४ साउन, काठमाडौँ । एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको खेलमा टस जितेको छ । श्रीलङ्काको ‘दाम्बुल्ला इन्टरनेशनल स्टेडियम’मा भएको खेलमा नेपालका कप्तान इन्दु वर्माले टस जितेर पहिला फिल्डिङको गर्ने निर्णय लिएकी छिन् । नेपालको यसिया कपमा यो तेस्रो सहभागिता हो ।

यसअघि नेपाल सन् २०१२ र २०१६ मा सहभागी भएको थियो । ती दुवै प्रतियोगितामा नेपाल पराजित भएको थियो । खेल सूचीअनुसार नेपाल समूह ‘ए’ मा छ भने सोही समूहमा पाकिस्तान र भारत छन् । समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का, मलेसिया र थाइल्याण्ड छन् ।

नेपाली टोलीमा कप्तान बर्मासहित रुविना क्षेत्री, सीता रानामगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, काजोल श्रेष्ठ (विकेटकिपर) र पूजा महतो छन् । टोलीमा डली भट्ट, बिन्दु रावल, रोमा थापा, कृतिका मरासिनी, सबनम राई र राजमती ऐरी सहभागी छन् ।

हालसम्म नेपाल र युएईबीच चार खेलमा नेपालले दुई र युएईले एक जीत निकालेका छन् । एक खेल भने नतिजाविहीन बनेको छ ।

 

प्रतिक्रिया दिनुहोस्