२ कार्तिक २०८१, शुक्रबार
मुख्‍य समाचार विचार

मिडियाको ड्युटि नै इभेन्टहरू क्यारी गर्ने होः अध्यक्ष पोखरेल

७ साउन, काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले महिला पत्रकारहरूको संख्या न्यून रहेको बताएका छन् ।

आज (सोमबार) भएको राजनीतिक रिपोर्टिङमा क्षमता निर्माण मार्फत महिला पत्रकारहरूलाई सशक्तिकरण बनाउने कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘राजनीतिक रिपोर्टिङको कुरा गर्दा खेरी हाम्रो जस्तो देशमा सबैभन्दा बढि पोलिटिक्सको समाचार नै अपडेट भइरहेको हुन्छ,सबैभन्दा ठुलो भूमिका खेल्नै बिट नै राजनीतिक रिपोर्टिङ हो । यसमा महिलाहरूको संख्या धेरै भएन भने त्यहाँ ठुलो तप्का निर्माण गर्न सकिँदैन । ’

साथै उनले राजनीतिक रिपोर्टिङ भन्दा अरू रिपोर्टिङ कम हुने बताए । उनले यो कुरा विभिन्न रिर्सचहरूले देखाएको समेत दाबी गरे । बढि इभेन्टहरू पोलटिक्ससँग जोडिएको पनि उनले बताए ।

उनले भने, ‘इभेन्टहरू पोलटिक्सको नै बेस्ट हुँदा खेरी नै त्यो  क्षेत्रभित्र वर्ग, जात, धर्म सबै अटाएको छ की छैन भनेर हामीले खोज रिपोर्टिङ गर्ने हो । राजनीतिक विषयमा महिलाहरूको धारणा के छ ? सबै वर्गहरूको धारणा के छ ? यो सबै हामीले क्यारी गर्न सक्यौं की सकेनौं, एउटा प्रतिबिम्ब देखाउन सक्यौं की सकेनौं भन्ने आधारमा नै हामीले  रिपोर्टिङ गर्ने  हो । ’ उनले यो क्षेत्रमा महिला पत्रकारहरूको सहभागिता सशक्त रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्