६ आश्विन २०८१, आईतवार
मुख्‍य समाचार राजनीति समाचार समाज

भ्रष्टाचारमा मुछिएका सत्तापक्ष र प्रतिपक्षका नेतालाई कारवाही होस : ज्ञानेन्द्र शाही

साउन ८, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भ्रष्टाचार गरेका सत्तापक्ष र प्रतिपक्ष दुवैलाई कारबाही गर्न सरकारलाई आग्रह गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भ्रष्टाचार गरेका कसैलाई नछोड्न आग्रह गरेका हुन् ।

उनले भने, ‘विगत दुई तीन दिनदेखि संसदमा हेरिरहेको छु । बडा गज्जबको जात्रा चलिरहेको छ । फाइलका फाइल,घोटालाका घोटाला । यस्तो कुरासम्म हुन आएको छ की संसद होइन कुनै व्ल्याकलेकमेलिङ गर्ने थलो हो । उ परपट्टि बसिसकेपछि यतापट्टिकोले दोष लगाउने, परपट्टिका वारी आएपछि यहाँकाले पारिकालाई दोष लगाउने, म अहिले पनि भन्न चाहन्छु तपाईं अहिलेको सरकारमा हुनुहुन्छ, तपाईहरुको दिन नआओस् भुटानी शरणार्थी भनेर कराउने । फेरी दिन नआओस् तपाईंहरूको यहाँ गिरीबन्दु खै भनेर कराउनुपर्ने ।’

साथै उनले एनसेल प्रकरण र मेलम्चीलगायतका भ्रष्टाचारका काण्डहरू सँगसंगै कराउने दिन आउन सक्ने बताए । उनले अहिलेको सरकारलाई धमाधम काम गर्न र भ्रष्टाचारका काण्डहरू खोलेर प्रकाउ गर्न पनि आग्रह गरे ।

उनले भने, ‘यो संसदमा यस्तो जुवारी चल्यो कि तिम्रा फाइल बन्द गर्छाैं । हाम्रा फाइल किन खोल्छौं ? पहिला तिम्रा गर त्यसपछि हाम्रा गर । तपाईंहरू हिजो मिलेको होइन । जनताले रगत पसिना तिरेर बनाएको संसदलाई सामान्य नठानियोस । त्यसैले चाँहे सत्तापक्ष होस् चाँहे प्रतिपक्ष होस् कारबाही गर्नुस् ।’

प्रतिक्रिया दिनुहोस्