६ आश्विन २०८१, आईतवार
मुख्‍य समाचार राजनीति समाचार समाज

जनताले सरकार छ भन्ने अनुभूति गर्न पाएनन् : चन्द्र भण्डारी

साउन ८, काठमाडौं। नेपाली कांग्रेसका सांसद डा.चन्द्रकान्त भण्डारी(चन्द्र भण्डारी)लेजनताले सरकार छ भन्ने अनुभूति गर्न नपाएको दुखेसो व्यक्त गरेका छन् । उनले जनताबाट सरकार धेरै टाढा रहेको उल्लेख गरे ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै उनले ३४ वर्षकोे उपहार बहुदलीय व्यस्था रहेको भन्दै सरकार जनताको नजिक रहन आवश्यक रहेको बताए ।
उनले भने,‘३४ वर्षका हाम्रो उपहार बहुदलीय व्यवस्था हो । यो व्यवस्था हाम्रो उपहार हो । तर यसै व्यवस्थामा ठूलाबढाको कुरा गर्ने तर जनताको नगर्ने परिपाटीको विकास भएको छ । सरकार जनताभन्दा धेरै ठूलो र टाढा भएको अनुभुति भएको छ ।’

सत्ता परिवर्तनका सन्दर्भमा नेपाल ‘ओलम्पिक गेम’मा पहिलो भएको र क्षमताविहीन युवा निर्माणमा अन्तिमबाट दोस्रो स्थानमा रहेको भन्दै व्यङ्ग्य गरे ।
समाजमा केही हुँदैन र केही भएन भन्ने अविश्वासपैदा भएको भन्दै उनले सरकारले त्यसलाई आशामा परिणत गर्नुपर्ने बताए ।

उनले भने,‘नेपालमा नयाँ सरकार बनेको छ । नयाँ प्रधानमन्त्री,मन्त्रीमण्डल बनेको छ । हामी विश्वमा सत्ता परिवर्तनको ओलम्पिक गेममा पहिला छौं । क्षमताविहीन युवा निर्माणमा अन्तिमबाट दोस्रो छौं । त्यतिमात्रै होइन, नेपालमा जन्मिने बच्चाहरु २५ प्रतिशत बच्चाहरु पुड्का र च्याखुरा बच्चा जन्मिन्छन् । यो उपहार विगतबाट प्राप्त गरेका छौं । चुनौतीलाईसरकारले सामना गर्नुपर्ने छ । यसका निम्ति हाम्रो समाज कस्तो छ ? हाम्रो समाजमा आशा हराएको छ । विश्वास टुटेको छ । त्यतिमात्रै होइन, केही हुँदैन र केही भएन भन्ने न्यारेटिभ छ । यसलाई पनि यो उपहारलाई सरकारले पूरा गर्नुपर्नेछ, यो चुनौतीको पनि सामना गर्नुपर्ने छ ।’

प्रतिक्रिया दिनुहोस्