६ आश्विन २०८१, आईतवार
मुख्‍य समाचार समाचार समाज

जहाज दुर्घटना स्थलमा पुगे गृहमन्त्री, पर्यटनमन्त्री र सुरक्षा प्रमुखहरु

साउन ९, काठमाडौं ।। सौर्य जहाज दुर्घटना भएपछि गृहमन्त्री रमेश लेखक, पर्यटनमन्त्री बद्री पाण्डे तथा नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवर र एपीएफका महानिरीक्षक राजु अर्याल अवलोकन गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् ।
घटनास्थलमा पुगे गृहमन्त्री लेखक, पर्यटनमन्त्री पाण्डेसहित सुरक्षा निकायका प्रमुखहरू

दुर्घटना र त्यसको कारण तथा राहतबारे बुझ्न मन्त्रीहरू र प्रहरी प्रमुखहरू त्यहाँ पुगेका हुन् ।

सौर्य जहाजमा सवारमध्ये १८ जनाको शव निकालिएको छ भने चालक मनिषरत्न शाक्यलाई उद्धार गरि अस्पताल गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्