१४ आश्विन २०८१, सोमबार
अर्थ मुख्‍य समाचार समाचार समाज

सुनचाँदीको मूल्य बढ्यो

साउन १३, काठमाडौं । साताको पहिलो कारोवारको दिन नेपाली बजारमा (आज) आइतबार सुनको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन एक हजार रूपैयाँले बढेको  हो ।

शुक्रबार प्रतितोला १ लाख ४४ हजार ७ सय रुपैयाँमा कारोवार भएको छापावाल सुन आज १ हजार रूपैयाँले बढेर १ लाख ४५ हजार ७ सय रूपैयाँमा कारोवार भइरहेको छ ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४५ हजार रूपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी,आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा १ हजार ७ सय ३० रूपैयाँमा कारोवार भएको चाँदी आज १० रूपैयाँले बढेर १ हजार ७ सय ४० रूपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्