१४ आश्विन २०८१, सोमबार
मुख्‍य समाचार राजनीति

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा वार्षिक कार्ययोजनामाथि छलफल

१४ साउन, काठमाडौँ । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बैठकमा चालु आर्थिक वर्षको वार्षिक कार्ययोजनामाथि छलफल भएको छ ।

प्रस्तुत कार्ययोजनामाथि सांसदहरूले विचार राख्नुभएको छ । यसमाथि थप छलफल गरी आगामी बैठकबाट पारित गरिने समिति सभापति मायाप्रसाद शर्माले जानकारी दिए।

कार्ययोजनामा समितिले विभिन्न निकायलाई दिएका निर्देशन कार्यान्वयन भए, नभएको अध्ययन गर्ने, कार्यान्वयन नभएका विषयमा पुनः छलफल गरी थप निर्देशन दिने, समितिको अनुगमन मूल्याङ्कनसम्बन्धी प्रतिवेदन तयार गर्ने र सभामा प्रतिवेदन पेस गर्ने विषय समावेश गरिएका छन् । यसैगरी सार्वजनिक नीति, प्रत्यायोजित विधायन, सरकारी आश्वासन, राष्ट्रिय महत्वका दस्तावेज तथा अभिलेख व्यवस्थापन, ऐतिहासिक एवं पुरातात्विक सम्पदा र अध्ययन, अनुगमन एवं निगरानी कार्यक्रमसम्बन्धी विषय कार्यायोजनामा समावेश छन् ।

यसअघि छलफलका क्रममा सांसदहरू श्रीकृष्णप्रसाद अधिकारी, सुमित्रा बिसी, गोमादेवी तिमल्सिना, गोपाल भट्टराई, रुक्मिणि कोइराला, नरबहादुर विष्ट, रेनु चन्द, पदमबहादुर परियार, मदनकुमारी शाह (गरिमा) र समिति सचिव सञ्जय दाहालले समितिको काम प्रभावकारी बनाउन कार्यान्वयन योग्य कार्ययोजना बनाउनुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्