७ आश्विन २०८१, सोमबार
मुख्‍य समाचार राजनीति समाचार समाज

तरकारी बजारको व्यवस्थापनमानियमितता र कडाई गर्न आवश्यकःमन्त्रीअधिकारी

१५ साउन, काठमाडौं । कृषितथा पशुपंछी विकासमन्त्री रामनाथअधिकारीले,काठमाडौंका सबै तरकारी बजारको व्यवस्थापनमा कडाई गर्न आवश्यक रहेको बताएका छन् ।
मंगलबार कृषि समितिले कालीमाटी फलफुलतथा तरकारी विकास समितिले गरेका कामका सन्दर्भमा आयोजना गरेको कार्यक्रममाउनले कालीमाटी तरकारी बजारमा स्थापनाकालदेखि नै प्याकेजिङ व्यापारको तरिका एउटै रहेको भन्दै त्यसलाई परिवर्तन गर्न आवश्यक रहेको पनिबताए ।

उनले भने,‘तरकारी दैनिकीचुलोमा पुग्ने चिजहो । हामी तरकारी नभई खानाखान सक्दैनौं । त्यो कालीमाटी जस्तै अन्यबजार पनिहुन सक्छन् । तर यसको व्यस्थापनमानियमिततादिनका साथै कडाई गर्न आवश्यक छ । कालीमाटी बजारमा स्थापनाकालदेखि नै प्याकेजिङ व्यापार गर्ने तरिकामा फरक देखिएको छैन् । यसको सुधारको लागि के हुन सक्ला?कसैले आएर गर्दिने होइन । हामीआफैले कसरी गर्न सक्छौं यसतर्फ सोच पु¥याउन जरुरी छ ।’

उनले सबै तरकारी बजारमा कालीमाटीको जस्तै व्यस्थापन गर्न नसकेको गुनासो गर्दै काठमाडौं सहरभित्रनिजि रुपमा रहेका तरकारी बजारहरुको व्यवस्थापनमापनिध्यानदिनु पर्ने बताए ।

उनले भने,‘कालीमाटीबाट तरकारी खाने कुराकाठमाडौंको आधाभन्दा बढि मानिस यसैमा निर्भर छ भन्ने लाग्छ । हामीले सबै ठाउँमा कालीमाटी जस्तै बजार व्यवस्थापन गर्न सकेका छैनौं । काठमाडौंकै सहरभित्रपनिनिजि रुपमा साना–साना धेरै तरकारी बजार छन् । तर तिनीहरुको व्यवस्थापनहुन सकेको छैनन् । यसको व्यवस्थापन गर्नका लागि र काठमाडौं उपत्यकाधान्नकालागिहामीले के कस्तो काम गर्न सकिन्छ यो विषयमापुनविचार गर्नुपर्छ भन्ने सोच बनाएको छु ।’

कृषिमन्त्रीअधिकारीले २०१३ मा नै स्थापनाभएको कालीकाटीको विकास समितिको नियम र कानूनपनिअहिलेसम्म एउटै रहेको भन्दै त्यसलाई परिमार्जन गरेर समय सापेक्षितबनाउनुपर्नेमा जोड दिए ।

साथै, कालीमाटी बजारमा आफ्नो नाममास्टल लिएर अरुलाई व्यवसायगर्न दिईएको कुरा सुन्नमाआएको भन्दैं त्यसले व्यक्तिको चुलो मंहगो हुने भएकाले त्यसरी जनतामाथिअन्यायहुने कामनगर्न आग्रह गरे ।

उनले भने,‘२०१३ मा कालीमाटी फलफुलतथा तरकारी विकास समिति स्थापितभएको संस्था,यसको नियम र कानून परिमार्जन गर्दै लैजानुपर्ने हो,समय सापेक्षितबनाउनुपर्ने हो । तर त्यो समयसापेक्षितहुननसकेको गुनासो हामीले सुनेका छौं । र बजारमा केहीव्यवसायीले स्टल लिएर आफुले व्यवसायनगर्ने कुरा पनि सुनेको छौं । त्यो हो भने बीचमा धेरै पैसाखर्च हुन्छ रव्यक्तिको चुलो मंहगो हुन्छ ।त्यसमायसले काम गरेको छ कि ?म आग्रह गर्छु यसरी जनतामाथिअन्यायनहोस् ।’

 

प्रतिक्रिया दिनुहोस्