७ आश्विन २०८१, सोमबार
मुख्‍य समाचार समाचार समाज

कुबेतमा अलपत्र परेका ४ जना नेपालीको उद्धार

१५ साउन, काठमाडौ । कुबेतमा अलपत्र परेका ४ जना नेपालीको उद्धार भएको छ ।

एजेन्टले कुबेतमा ल्याएर ३-४ महिना देखि अलपत्र पारेका उनीहरूलाई उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति एंव पूर्व खानेपानी मन्त्री अब्दुल खानको पहलमा उद्धार गरिएको हो ।

नवलपरासी घर भएका ९ जना मध्य ४ जनालाई उद्धार गरि नेपाल फिर्ता ल्याइएको पूर्व मन्त्री खानका स्वकिय सचिव इन्जिनियर अतिउल्लाह मुसलमान (अश्मिर) ले बताए ।

उनले अन्य ५ जनाको उद्धारका लागि पनि पहल भई रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्