६ आश्विन २०८१, आईतवार
मुख्‍य समाचार राजनीति समाचार

कांग्रेस र एमालेको सम्बन्ध, दुई आयामिक सम्बन्ध हो : उपाध्यक्ष पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपाली कांग्रेस र एमालेको सम्बन्ध आयामिक सम्बन्ध रहेको बताएका छन् ।

नेपाल निजामती कर्मचारी संगठनले आयोजना गरेको कार्यक्रममा उनले, राष्ट्रिय मुद्दामा, राष्ट्रलाई संकट परेको बेला ऐतिहासिक पविर्तनका क्षणमा कांग्रेस र कम्युनिष्टको सहकार्य हुने गरेको भन्दै कांग्रेस र एमालेको सम्बन्ध आयामिक रहेको बताएका हुन् ।

उनले भने, ‘नेपाली कांग्रेससँग हाम्रो सम्बन्ध दुई आयामिक सम्बन्ध हो भन्ने कुरा बुझ्नुपर्छ । कतिपय राष्ट्रिय मुद्दामा, राष्ट्र संकटमा परेको बेलामा, ऐतिहासिक पविर्तनका क्षणमा कांग्रेस कम्युनिष्टको सहकार्य पनि हुने गरेको छ । तर हामी आम रुपमा राज्य सञ्चालनमा प्रतिस्पर्धा अरु राजनीति क्रियाकलापमा हाम्रा प्रतिस्पर्धा हुने गरेका छन् । यो दुई आयामिक सम्बन्ध बुझेनौं भने हामी असन्तुलित हुन्छौं ।’

उनले एमालेबाट निर्देशित हुनका लागि राष्ट्रिय राजनीतिमा एमालेको दृष्किोणलाई ठिक ढंगले बुझ्न आवश्यक रहेको बताए ।

यदि एमालेको राजनीतिलाई ठिक ढंगले बुझ्न नसकेमा दिशा बिहीन हुने उनको भनाई छ ।

उनले भने, ‘राष्ट्रिय राजनीतिलाई ठिक ढंगले बुझ्न आवश्यक छ । एमालेसँग नजिक हौं हामी एमालेबाट निर्देशित हुन्छौं भन्ने हो भने हामीले राष्ट्रिय राजनीतिमा एमोको दृष्किोणलाई पनि ठिक ढंगले बुझ्न आवश्यक हुन्छ । यदि एमालेको राजनीतिलाई हामीले ठिक ढंगले बुझ्न सकेनौं भने भ्रमित हुन सक्छौं । दिशा बिहीन हुन पुग्छौं ।’

प्रतिक्रिया दिनुहोस्