६ आश्विन २०८१, आईतवार
मुख्‍य समाचार समाचार समाज

त्रिशूलीमा बस खोज्न चीनसँग पनि सहयोग मागिंदै

१६ साउन, काठमाडौं । सरकारले त्रिशूलीमा हराएका बस र बेपत्ता यात्रुको खोजी गर्न चीनसँग पनि सहयोग माग्ने भएको छ ।

गृहसचिव एकनारायण अर्यालका अनुसार बस खोज्न चीनसँग सहयोग माग्ने तयारी भएको छ ।

खोजीका लागि चीन सरकारसँग पनि अनुरोध गर्ने तयारी गरिरहेका छौं’ अर्यालले बुधबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भने ।

मुग्लिन –नारायणघाट सडकअन्तर्गत सिमतालमा २८ असारमा लेदो सहितको पहिरोमा परी दुई वटा बस बगेका थिए । बसमा सवार ६५ यात्रुमध्ये ३ जना पौडिएर बाहिर निस्किएका थिए । हालसम्म २४ वटा शव फेला परेका छन् ।अन्य यात्रु र बसको अवस्था पत्ता लागेको छैन । यसअघि बेपत्ता यात्रु र बस खोज्न भारतीय जनशक्तिसमेत परिचालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्