७ आश्विन २०८१, सोमबार
मुख्‍य समाचार समाचार समाज

काठमाडौँमा दुई समूहबीच झडप हुँदा एकको मृत्यु

१६ साउन, काठमाडौँ । काठमाडौँकाे ढल्कुमा आज दुई समूहबीचकाे झडप हुँदा ढल्कु पोडेटोल निवासी ३३ वर्षीय अनिल पुजारीको मृत्यु भएको छ ।  झडपकाक्रममा धारिलो हतियार प्रहारबाट एककाे मृत्यु हुनुका साथै छ जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीले जानकारी दिएका छन् ।

साथै झडपमा परी ५२ वर्षीय सुविन्द्र पोडे, ५४ वर्षीय किरण पुजारी, ४९ वर्षीय दिनेश पुजारी, ४२ वर्षीया माया पुजारी, ३९ वर्षीय विक्रम पुजारी र २३ वर्षका अमृत पुजारी घाइते भएका छन् ।
घाइतेहरुको शिक्षण अस्पताल महाराजगञ्ज, राष्ट्रिय ट्रमा सेन्टर र पिपुल्स अस्पतालमा उपचार भइरहेको प्रवक्ता अधिकारीले बताए । उक्त घटनामा सङ्लग्न सात जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्