१५ आश्विन २०८१, मंगलवार
खेलकुद मुख्‍य समाचार समाज

काभा नेसन्स लिग आजदेखि

१७ साउन, काठमाडौं । काभा नेसन्स लिग भलिबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ ।

प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली नेपालले र श्रीलंकाबीच प्रतिस्पर्धा हुने भएको छ ।

त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा हुने उद्घाटन खेल दिउँसो सवा ३ बजे सुरु हुनेछ ।

आजै हुने दोस्रो खेलमा भारत र इरान खेल्नेछन्। सो खेल आज साँझ पौने ६ बजे सुरु हुनेछ ।

लगातार दोस्रो पटक घरेलु मैदानमा काभा नेसन्स लिग खेल्न लागेको नेपाली टोली उच्च मनोबलमा छ ।

लिगको दोस्रो खेलमा नेपालले १९ गते शनिबार भारतसँग, साउन २० गते आइतबार इरान र लिग चरणको अन्तिम खेलमा साउन २१ गते सोमबार मालदिभ्ससँग खेल्नेछ ।

पाँच टोली सहभागी लिगको शीर्ष स्थानमा रहने चार टोलीले सेमिफाइनल खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्