७ आश्विन २०८१, सोमबार
अनौठो संसार मुख्‍य समाचार समाचार साहित्य/ समाचार

मुना चौधरीको “लार” यशस्वी पुरस्कारको सर्टलिस्टमा

काठमाडौं । यशस्वी पुरस्कारको सर्टलिस्टमा मुना चौधरीको कथा संग्रह “लार” पनि परेको छ । प्रज्ञा प्रतिष्ठानले प्रदान गर्ने यशस्वी पुरस्कारका लागि सर्टलिस्ट तयार पारिएकोमा मुना चौधरीकोद्धारा लिखित कथा संग्रह “लार” पनि परेको हो । यशस्वी प्रज्ञा प्रतिष्ठानले २०८० सालभित्र प्रकाशित भएका पाँच विधाका पुस्तकहरु आह्वान गरेकोमा प्रतिष्ठानलाई प्राप्त पुस्तकहरुमध्ये पहिलो चरणमा तीन विधाका पुस्तकहरु सार्वजनिक गरेको छ । सर्ट लिस्टमा परेका प्रत्येक विधाबाट निर्णायकको निर्णयको आधारमा प्रत्येक विधाका एक पुस्तकलाई बीस हजार राशीको यशस्वी पुस्तक पुरस्कार प्रदान गरिने जनाएको छ । पुरस्कारका लागि भदौ २२ गते कलिङ साहित्यक महोत्सबमा प्रदान गर्ने यशस्वी प्रज्ञा प्रतिष्ठानले जनाएको छ ।

पुरस्कारका लागि सर्टलिस्टमा पर्न सफल मुना चौधरीको लार कथा संग्रह नारी मनोविज्ञानमा आधारित छ । लार कथा संग्रहले नारी शसक्तिकरणको विषयमा गहिरो छाप छोड्न सफल भएको छ । नारीलाई ममताकी खानीको रुपमा मात्रै चित्रण गरिएको छैन्, परिआएको खण्डमा जस्तोसुकै परिस्थितीलाई पनि चिर्न सक्ने सन्देश पनि दिएको छ ।

आख्यान तर्फ मुना चौधरीको लार, बिमल नेपालको पीपला, रमेश सायनको अन्तर, गोविन्दप्रसाद कुसुमको भृकृटी, सरला गौतमको अम्रिकाने काशी, डीआरको खोक्पा, अखण्ड भण्डारीको बोरा, दिब्य गिरीको ईश्वरको अनुहार र जीवन जीवन्तको चरैवेति सर्टलिस्टमा परेको हो ।

गैरआख्यान तर्फ रोशन शेरचनको गल्ली संसार, कुमार नगरकोटीको जोगियाना, जीवन क्षेत्रीको नुनतेल, धिरेन्द्र सिनालको भुक्तमान, नरेन्द्रजंग पिटरको बकपत्र, अरुण गुप्तोको संस्कृति चिन्तन, मोहन मैनालीको मुकाम रणमैदान, ज्ञानु अधिकारीको संवेदनाको समायोग, मोमिलाको प्रश्नहरु त बाँकी नै रहन्छन् सर्टलिस्टमा परेका छन् ।

यस्तै काब्यतर्फ अभय श्रेष्ठको लहना र तीर, सुमिनाको बागीस्त्रीको आत्मकथा, देवब्रतको अश्वत्थामाको निधारबाट बागमती बग्छ, सुशिला खड्का हसिनाको पहिरोभित्रको घाम र मना धिताल अर्यालको महाकाश सर्टलिस्टमा परेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्