१५ आश्विन २०८१, मंगलवार
मुख्‍य समाचार राजनीति

‘छलफल गर्न आवश्यक नै नरहेको विषयमा बारम्बार छलफल किन ?’

१७ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले समितिमा छलफल गर्न आवश्यक नै नरहेको विषयमा बारम्बार छलफल गरेर समय खेरा फालेको भन्दै आपत्ति जनाएकी छिन् ।

बिहीबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा प्राविधिक शिक्षालय संचालनका लागि सम्बन्धन स्वीकृती सम्बन्धमा परेको उजुरीका विषयमा सम्बन्धित मन्त्रालय, चिकित्सा शिक्षा आयोग र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदसँग छलफल गरिएको थियो ।

छलफलका क्रममा सांसद तोसिमा कार्कीले सो विषयमा समितिले मात्रैपनि आफैं उससमिति बनाएर काम गरिसकेको र उपसमितिमार्फत निर्णयमा नपुग्दै समितिले विद्यमान चिकित्सा शिक्षा ऐन विपरीत हुनेगरी शिक्षा मन्त्रालयलाई निर्देशन दिएको बताइन् । आफैले पाँच बुँदे असहमति पनि दर्ता गराइसकेको भन्दै फेरी पनि त्यही विषयमा छलफल गरिरहँदा समिति गम्भीर हुन आवश्यक रहेको बताइन् ।

उनले भनिन्,‘बढो बिडम्बनापूर्वक भन्नु परिरहेको छ । समितिमा छलफल नै गर्नु नपर्ने विषयमा पटक –पटक छलफल गरिरहेका छौ । यो विषयमा समितिले मात्रै पनि आफै उससमिति बनाएर काम गरिसकेको थियो । उपसमितिमार्फत निर्णयमा नपुग्दै समितिले विद्यमान चिकित्सा शिक्षा ऐन विपरीत हुनेगरी शिक्षा मन्त्रालयलाई निर्देशन दिएको थियो । म आफैले पाँच बुँदे असहमतिपनि दर्ता गराएको छु । फेरी पनि यही विषयमा हामीले छलफल गरिरहँदा समिति गम्भीर हुन आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस्