७ आश्विन २०८१, सोमबार
मुख्‍य समाचार राजनीति समाचार

नेकपा एसको केन्द्रीय कमिटी बैठक

१८ साउन, काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज बस्दैछ ।

अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा गठित कार्यदलले सम्पन्न गरेको कार्यसम्पादनको समीक्षा तथा केन्द्रीय कमिटीलाई पूर्णता दिन बैठक बोलाइएको हो ।

विधानअनुसार बनाइएको ‘क्लष्टर’ का आधारमा कार्यदलले केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्ने बैठकमा प्रस्तावित ती नामलाई केन्द्रीय कमिटीले अनुमोदन गर्ने जनाइएको छ ।

पार्टीमा दुई सय ९९ सदस्यीय  कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएको छ । हाल अध्यक्ष, सम्मानित नेता र महासचिवसहित तीन पदाधिकारी, ९० केन्द्रीय सदस्य रहेको केन्द्रीय कमिटीमा दुई सय ६ केन्द्रीय सदस्य पद रिक्त छ ।

त्यस्तै, बैठकमा पार्टीको भावी कार्ययोजनाबारे छलफल गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्