७ आश्विन २०८१, सोमबार
मुख्‍य समाचार राजनीति समाचार

रास्वपाको दुई दिने ‘क्लोज क्याम्प’ वनस्थलीमा सुरु

१८ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुई दिने बन्द कार्यशाला शुक्रबारदेखि सुरु भएको छ ।

पार्टीका पदाधिकारी तथा नेतृत्वमा रहेका सदस्यहरुलाई रणनीतिक रुपमा क्षमता अभिबृद्धि गर्नका लागि आयोजना गरिएको बन्द कार्यशाला पार्टी केन्द्रीय कार्यालय चःमति, वनस्थलीमा सुरु भएको पार्टी सह–प्रवक्ता मनिष झाले जानकारी दिए ।

पार्टीको रणनीति तयारीमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको कार्यशालामा केन्द्रीय पदाधिकारी, सदस्य र केन्द्रीय विभागका गरी ५० जना सहभागी रहेको झाले जानकारी दिए ।

साउन १० गतेको केन्द्रीय समिति बैठकले पार्टीका पदाधिकारी तथा नेतृत्वमा रहेका सदस्यहरुलाई रणनीतिक रुपमा क्षमता अभिबृद्धि गर्न सघन प्रशिक्षण र तथा बन्द कार्यशाला संचालन गर्ने निर्णय गरेको थियो ।

कार्यशालामा विचार, संगठन, मूल्य–मान्यता, संसदीय मामिला, लिडरसिप एकेडेमी र क्यान्डिडेट क्लब तथा पार्टी अभियानबारे गहन छलफल हुने बताइएको छ । कार्यशाला शनिबार सम्पन्न हुन्छ ।

प्रतिक्रिया दिनुहोस्