१६ आश्विन २०८१, बुधबार
मुख्‍य समाचार समाज साहित्य/ समाचार

साङ्लो (सकरात्मक चिन्तन)

चितवन घैलाघारीको बाटो हुँदै तीन वटा भोकाएका जंगली साङ्लो जगतपुर चोक छेउको एउटा किसानको घरमा आए र खाना मागे। भोकाएका साङ्लाहरुलाई किसानले केही खानेकुरा आफ्नो ईच्छाले दिए। उनीहरुले किसानले दिएको खाना खाए र केही खाना आफ्नो परिवारलाई लानको लागि बचत गरे।

किसानको घरबाट जान लाग्दा किसानले साङ्लोहरुलाई भने,
सुन रोचहरू, सधैं यसरी खाना मागेर खानु भन्दा म तिमीहरूहरुलाई मेरो खेतमा काम गर्न प्रस्ताव गर्छु। मैले तिमीहरूको परिवारलाई पुग्ने खाना दिनप्रतिदिन दिनुको साथै राम्रो तलब, र तिमीहरुको सुरक्षाको ग्यारेन्टी लिन्छु।

साङ्लोहरुले सोधे,
हामीले के काम गर्नुपर्छ र कति तलब पाउँछौं ?

किसानले जवाफ दियो,
मेरो फार्ममा चारवटा भिन्दाभिन्दै स्थानहरू छन्, प्रत्येक स्थानको फरक तलब छ। तीमध्ये कुन स्थानलाई मन पराउछ्यौ त्यो तिमीहरूमा निर्भर हुन्छ।

एउटा स्थान, जसको काम मेरो कुखुराहरूलाई खाना तयार छ भनी जानकारी गराउनु हो, उसले प्रत्येक महिना १० हजार तलब पाउछ ।
दोस्रो स्थान, जसको काम लसुनको बोट काट्ने र बोक्रा छिल्ने हो, उसले मासिक १५ हजार पाउँछ।

तेस्रो स्थान, जसको काम बाली खान आउने छेपारोलाई लखेट्ने हो, उसले मासिक तलब १२ हजार पाउछ।

चौथो स्थान, जसको काम मेरो बाख्राहरुको लागि गाउने र नाच्ने हो, उसले मासिक तलब ५ हजार पाउछ।

👉️ यि चार कामहरू मध्य कुन रोज्ने पालो तिमीहरूको।

पहिलो साङ्लोले भन्यो,
म १५ हजार को काम रोज्छु। म तपाईको लसुन काट्न र बोक्रा छिल्न चाहन्छु।ू

दोस्रो साङ्लोले ठूलो स्वरमा भन्यो,
म १२ हजारको काम रोज्न चाहन्छु। म खेतमा गएर छेपारोलाई लखेट्न चाहन्छु।

तेस्रो साङ्लोले धेरैबेर सोच्यो र त्यसपछि अचम्मै लाग्ने कुरा भन्यो। ूम ५ हजार को जागिर खान चाहन्छु। म तपाईंको बाख्राहरूको लागि गाउन र नाच्न चाहन्छु।

अन्य दुई साङ्लोले उसलाई हेरे र उ धेरै लाटो छ भनी सोछे। उसले किसानको फार्ममा सबैभन्दा धेरै तलब पाउने काम पनि रोज्न सक्थ्यो। यो धेरै मूर्ख र अनावश्यक काम गर्छ भनी दुई साङ्लोले मनैमन सोचिरहेका थिए।

भोलिपल्ट बिहान,
तीनवटा साङ्लो पहिलो दिनको काममा आइपुगे। तर, उनीहरूले आफुले रोजेको काम गर्न थालेपछि, पहिलो र दोस्रो साङ्लो अचानक मर्यो।

उत्सुक किसानले तेस्रो साङ्लोलाई बोलाए र सोधे,
मलाई भन, तिमीले सबैभन्दा कम तलब पाउने काम किन रोज्यौ ?

तेस्रो काम गर्ने साङ्लोले लामो सास फेर्यो र भन्यो,
पहिले कुरा, कुखुराको मनपर्ने खाना साङ्लो हो( म कुखुराको नजिक जानु पर्ने काम किन रोज्छु ?

दोस्रो कुरा, लसुनको गाढा गन्धले साङ्लोलाई छिट्टै मार्न सक्छ( मैले लसुनको बोक्रा छिल्ने काम किन रोज्नु ?

तेस्रो कुरा, छेपारोहरू खाजा खान र साङ्लोको शिकार गर्न मन पराउँछन्( मैले खेतमा गएर छेपारोलाई लखेट्नुपर्ने काम किन रोज्ने ?
कुरा पैसा कति कमाउँछु भन्ने बारेमा होइन, यो मेरो जीवनलाई ध्यानमा राख्ने बारेमा हो।

नैतिक शिक्षा मान्छेहरूले दिएका सम्झौताहरूसँग आफू सावधान हुनुहोस्। तपाईलाई गरिएको प्रत्येक प्रस्तावलाई झट्ट स्वीकार नगर्नुहोस्। पैसा र भौतिक बस्तुमा त्यति अन्धो पनि नबन्नुहोस्,,, तपाईंले निर्णय लिनु भन्दा अगाडी सावधानी पुर्वक प्रस्ताव गरिएका कुरालाई विचार गर्नुहोस् र अन्तिममा फैसला गर्नुहोस। र आफुमा केही घट्ना घट्नु अघि बुद्धिमान हुनुहोस्।।

प्रतिक्रिया दिनुहोस्