सर्पले डसेर बालकको मृत्यु
१९ साउन, कैलाली । कैलालीमा सर्पले डसेर एक बालकको मृत्यु भएको छ । प्रहरीकाअनुसार घोडाघोडी नगरपालिका–८ मटयारीका ११ वर्षीय राज नेपालीको सर्पले डसेर मृत्यु भएको हो ।
सुतेका बेला सर्पले डसेका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्