Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

सिकार खेल्ने क्रममा गोली लागेर एक जनाको मृत्यु

राताे कागज स‌‌वाददाता
9 महिना अघि

१९ साउन, डोटी । डोटीमा सिकार खेल्ने क्रममा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ।

जिल्लाको पुर्वीचौकी गाउँपालिका–६ गाँजरीका अन्दाजी ३० वर्षीय अमर थापाको सिकार खेल्ने क्रममा गोली लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक (डिएसपी) भिमलाल भट्टराईले जानकारी दिए।

घोत्नेगडा सामुदायिक वनमा सिकार खेल्न गएका थापाको शुक्रवार बिहान गोली लागेर घटना स्थलमै ज्यान गएको भट्टराईले बताए। यस बिषयमा थप अनुसन्धान भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया