३ आश्विन २०८१, बिहीबार
मुख्‍य समाचार समाचार समाज

युवकसँग मिलेर श्रीमतीद्वारा श्रीमानको हत्या

२० साउन,काठमाडौं । काठमाडौंको कालोपुलमा श्रीमतीबाटै एक युवकको हत्या भएको छ । ओखलढुंगाको लिखु–९ का २० वर्षीय प्रेम महत दर्जीको घाँटीमा सलले कसेर हत्या भएको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता नवराज अधिकारीका अनुसार हत्याको आरोपमा उनकी श्रीमती उषा नेपाली र ओखलढुंगाकै २७ वर्षीय मदन रम्तेल पक्राउ परेका छन् ।

पक्राउ परेका मदन महिलाको पूर्वश्रीमान भएको खुलेको छ । हत्याको कारणबारे विस्तृत अनुसन्धान भइरहेको एसपी अधिकारी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्