३ आश्विन २०८१, बिहीबार
अन्तराष्ट्रिय खेलकुद मुख्‍य समाचार

दोस्रो एकदिवसियमा खेलमा श्रीलंकासँग भारत पराजित

२१ साउन, काठमाडौं । भारत र श्रीलंकाबीचको  दोस्रो खेलमा भारतले अप्रत्याशित हार बेहोरेको छ । श्रीलंकाका बलर जेफ्री भ्यानडर्सी एक्लैले भारतका ६ विकेट ढालेपछि श्रीलंका ३२ रनले विजयी भएको हो ।

टस जितेर सुरुमा ब्याटीङ गरेको श्रीलंकाले २४१ रनको लक्ष्य दिएको थियो । भारत ४२.२ ओभरमा २०८ रन बनाउँदै अलआउट भयो ।

तर, दोस्रो इनिङको सुरुवात भारतले यस्तो सशक्त गरेको थियो कि श्रीलंकाको जितको सम्भावना ज्यादै न्यून देखिन्थ्यो । ओपनर रोहित शर्मा र शुभमन गिलले १३.३ ओभरमा ९७ रनको साझेदारी गरेका थिए । ४४ बलमा ६४ रन बनाएका कप्तान रोहितको विकेटपछि भारतका ब्याट्सम्यानहरु लगातार आउट भए । अक्सर पटेलले ४४ बलमा ४४ रन नै बनाएर भारतको इनिङ अघि बढाएपनि अन्य ब्याट्सम्यान श्रीलकन स्पिनरसामु निरिह बने ।

अाइतबार राति भएककाे खेलमा श्रीलंका ३२ रनले विजयी भएको हो ।

प्रतिक्रिया दिनुहोस्