३ आश्विन २०८१, बिहीबार
अन्तराष्ट्रिय मुख्‍य समाचार समाचार

करेन्ट लागेर ९ जनाको मृत्यु

२१ साउन, काठमाडौँ । भारतको बिहारमा करेन्ट लागेर ९ जनाको मृत्यु भएको छ । बिहारको वैशाली जिल्लामा ११ हजार भोल्टको करेन्ट लागेर भएको घटनामा अरू दुई जना घाइते भएका छन् ।

औद्योगिक प्रहरी चौकी क्षेत्रको सुल्तानपुर गाउँमा हाइटेन्सन तार गाडीमा खस्दा यो दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । घाइतेहरूको उपचार भइरहेको छ । उनीहरू सबै बाजागाजासहित नाच्दै गाउँदै साउने सोमबारका लागि जल लिन घाटमा गएका थिए ।

प्रतिक्रिया दिनुहोस्