३ आश्विन २०८१, बिहीबार
समाचार सुदूरपश्चिम

बाघले खायो ७ बाख्रा

२१ साउन, धनगढी । कैलालीको टीकापुरमा बाघले बाख्रा खाएको छ। आइतवार राति टीकापुर नगरपालिका वडा नम्बर १ को ब्लक नम्बर १७ बस्ने बिजुसिंह बिष्ट, दुर्गा परियार र राजु ओलीको गोठबाट बाख्रा खाएको हो।

बाघले बिष्ट र परियारको गोठबाट ३/३ वटा र बस्नेतको गोठबाट एक बाख्रा खाएको हो। बस्नेतको गोठमा थप एक बाख्रालाई घाइते बनाइएको कैलाली प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्