७ आश्विन २०८१, सोमबार
मुख्‍य समाचार समाचार समाज

प्रतिकुल मौसमका कारण हवाई उडान प्रभावित

२२ असार, काठमाडौं । वर्षा र कम भिजिविलिटी मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रभावित बनेको छ ।

सोमबार रातिदेखि परिरहेको निरन्तर वर्षा र हुस्सुका कारण विमानस्थलको भिजिबिलिटी कम हुँदा जहाज उडान तथा अवतरणमा समस्या आएको हो ।

मंगलबार बिहानदेखिको वर्षाले जहाज उडान तथा अवतरणमा समस्या आइरहेको त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाले बताए ।

प्रवक्ता झाका अनुसार खराब मौसमकै कारण केही जहाज अवतरण गर्न नसकेर आकाशमा नै होल्ड भएका छन् भने केही डाइभर्ट समेत भएको छ ।

कम भिजिबिलिटी (भिएफआर) अवतरणका लागि कम्तीमा एक हजार मिटरको भिजिबिलिटी आवश्यक पर्छ ।

अहिले त्रिभुवन विमानस्थलको भिजिबिलिटी एक हजार भन्दा कम रहेको जनाएको छ ।

खराब मौसमका कारण स्टानाबुलबाट काठमाडौं आएको टुर्किस्तान एयर उतै डाइभर्ट भएको छ भने फ्लाइ दुबई र डर्क एयर अवतरण गर्न नसकेर आकाशमा नै होल्ड भएका छन् ।

प्रतिक्रिया दिनुहोस्