३ आश्विन २०८१, बिहीबार
राजनीति समाचार

भ्रष्टाचार गर्नेलाई अनुहार हेरेर क्षमा दिइँदैन : प्रधानमन्त्री ओली

२२ साउन, काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारको अन्त्य गर्ने कुरामा सरकार प्रतिबद्ध रहेको बताएका छन् । राज्य व्यवस्था समितिको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै भ्रष्टाचारको विषयमा सरकारले कुनै कम्प्रमाइज नगर्ने प्रष्ट्याए ।

आजको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

उनले भने, ‘भ्रष्टाचारमा कसैको अनुहार हेरेर सरकारले क्षमा गर्ने काम गर्दैन । अहिलेको सरकार प्रतिशोधका लागि होइन । अर्थतन्त्र र समाजको सुधार ल्याउनको लागि हो । यसले कसैप्रति आग्रह पूर्वाग्रह राखेर कसैलाई दु:ख दिँदैन । त्यो मनसाय छैन । कसैले भ्रष्टाचार गर्‍यो भने कोही उम्किन पाइँदैन ।’

उनले कानूनको नजरमा सबैको बराबरी हुने बताए ।

प्रतिक्रिया दिनुहोस्