७ आश्विन २०८१, सोमबार
खेलकुद मुख्‍य समाचार समाचार समाज

काभा वुमन्स नेसन्स भलिबल लिगको उपाधि भारतलाई

२३ साउन, काठमाडौं । काभा वुमन्स नेसन्स भलिबल लिगको उपाधि भारतले जितेको छ ।
नेपाललाई तीन, दुई सेटले पराजित गर्दै भारतले उपाधि जितेको हो ।
त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलको पहिलो सेट नेपालले २५–२३ ले जितेको थियो । दोस्रो सेट भारतले २५–१४ ले जित्यो ।
तेस्रो सेट नेपालले २५–२२ अंकले आफ्नो पक्षमा पार्दा चौथो सेट भारतले २५–२१ ले जित्यो ।
पाँचौ सेट भारतले नेपाललाई १५–५ ले जितेको हो ।

प्रतिक्रिया दिनुहोस्