३ आश्विन २०८१, बिहीबार
अन्तराष्ट्रिय खेलकुद मुख्‍य समाचार

२७ वर्षपछि भारतविरुद्ध श्रीलंकाले जित्यो ओडिआई सिरिज

२३ साउन, काठमाडौं । पछिल्लो समय अनेक उतारचढाव झेलिरहेको श्रीलंकन क्रिकेटले बुधबार खुशी भित्राएको छ । २७ वर्षपछि श्रीलंकाले भारतविरुद्धको एकदिवसिय सिरिज जिते हात पारेको छ ।

बुधबार भएको खेलमा भारतमाथि एक १० रनको सानदार जित हात पार्दै श्रीलंकाले तीन खेलको सिरिज २–० ले जितेको हो । सन् १९९७ देखि श्रीलंकाले भारतविरुद्ध एकदिवसिय सिरिज जित्न सकेको थिएन । श्रीलंकामा जारी सिरिज अन्र्तगत दुई देशबीचको पहिलो एकदिवसिय खेल टाई भएकोमा दोस्रो र तेस्रो खेलमा श्रीलंका विजयी भएको हो ।

बुधबारको खेलमा टस जितेर सुरुमा ब्याटीङ गरेको श्रीलंकाले २४८ रन बनाएको थियो । जवाफी ब्याटीङमा भारत २६.१ ओभरमा एक सय ३८ रनमै अलआउट हुन पुग्यो । श्रीलंकन स्पीनरसँग भारतीय ब्याट्सम्यान निरिह बन्न पुगे ।

यो हार भारतीय टिमका नयाँ कोच गौतम गम्भीरका लागि पनि धक्का लागेको छ । यद्यपी टी–२० सिरिज भने भारतले ३–० ले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्