७ आश्विन २०८१, सोमबार
मुख्‍य समाचार समाचार समाज

थाइल्याण्ड जान लागेका तीन जना विमानस्थलमा पक्राउ

२४ साउन, काठमाडौँ । थाइल्याण्ड जान लागेका तीन जना व्यक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवैध विदेशी रकमसहित पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–२२ घर भएका ४६ वर्षीय महेश मान महर्जन, टोखा नगरपालिका–१० घर भएका ४९ वर्षीय मानव आचार्य र काठमाडौं महानगरपालिका–१४ घर भएका ३० वर्षीय दिपेश भुषाल रहेका छन् ।

थाई एयरवेजको उडानद्वारा काठमाडौंबाट बैंकक जान लागेका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा तलासी गर्दा विभिन्न विदेशी मुद्रा सहित फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूमध्ये महेश मानको साथबाट युरो १६ हजार ५ सय ५०र क्यानेडियन डलर १० हजार ९ सय, मानव आचार्यको साथबाट युरो ८ हजार ९ सय ५० र थाई भाट ३ हजार ६ सय ६० तथा दिपेश भुषालको साथबाट युरो १३ हजार ४ सय, स्विस फ्रान्क २ हजार ४ सय, क्यानेडियन डलर ४ हजार ५ सय, साउदी रियाल १९ हजार, थाई भाट २ हजार र जापनिज येन ४ लाख ९० हजार बरामद भएको हो । सो रकमको उनीहरुले स्रोत खुलाउन नसकेकाले अवैध कारोबारका लागि लैजान लागिएको आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्