३ आश्विन २०८१, बिहीबार
मुख्‍य समाचार राजनीति सुदूरपश्चिम

गृहमन्त्री रमेश लेखकको गृह जिल्लामा पुत्ला दहन

२४ साउन, कञ्चनपुर । गृहमन्त्री रमेश लेखकको पुत्ला जलाइएको छ ।  नेपाल कम्युनिस्ट (बहुमत) पार्टीको भातृ सङ्गठन क्रान्तिकारी युवा सङ्गठन नेपालका कार्यकर्ताले लेखकको गृह जिल्ला कञ्चनपुरको महेन्द्रनगरमा पुत्ला जलाएका हुन ।
उनीहरूले आफ्ना सदस्य किशोर (अविनाश) कुवरलाई तत्काल रिहाइको माग गरेका छन् । क्रान्तिकारी युवा सङ्गठन नेपालका कार्यकर्ताले झुट्टा मुद्दा खारेज गर,  नालायक प्रहरी प्रशासन मुर्दावाद, भ्रष्टाचारीहरूको  संरक्षक गृहमन्त्री रमेश लेखक राजीनामा दे, लगायत नारा लगाउँदै पुत्ला जलाएका थिए ।
क्रान्तिकारी युवा सङ्गठन नेपालका सुदूरपश्चिम संयोजक दीपेन्द्र ऐरीले २३ साउनमा काठमाण्डौमा पत्रकार सम्मेलन गरी घर फर्किने क्रममा प्रहरीले पक्राउ गरेका पार्टीका सदस्य किशोर (अविनाश) कुवरलाई रिहाइका लागी सरकारलाई दबाब दिन गृहमन्त्री लेखकको पुत्ला जलाइ विरोध गरिएको बताए  ।

प्रतिक्रिया दिनुहोस्