८ आश्विन २०८१, मंगलवार
अर्थ मुख्‍य समाचार समाचार

शून्य बचत खाता बापतको विमा रकम दुई बर्षपछि मात्र

२५ साउन, मुगु । एनआईसी एसिया बैंकले दुई बर्ष अगाडि संचालनमा ल्याएको सर्वश्रेष्ठ बचत योजना अन्तर्गत शून्यबचत खाता खोलेका बचतकर्ताको दुर्घटना बिमा बापतको १० लाख रकमको चेक हस्तान्तरण गरिएको छ ।

दुई बर्ष अगाडि संचालनमा ल्याएको सर्वश्रेष्ठ वचत योजना अन्तरगत शुन्यबचत खाता खोलेका बचतकर्ता छायाँनाथ रारा नगरपालिका—१३ लुमा गाँउका गोर्खसिंह खड्काकी श्रीमती मायादेबी खड्कालाई एनआईसी एसिया बैंक मुगु शाखाले दुर्घटना बिमाको १० लाखको चेक हस्तान्तरण गरिएको हो ।

छायाँनाथ रारा नगरपालिका—१३ लुमा गाउँका ३८ वर्षीय खड्काले ०७९ जेठ २६ गते एनआईसी एसिया बैंकको सर्वश्रेष्ठ वचत योजना अन्तरगत शुन्यबचत खाता खोलेका थिए ।

बैकले खाता खोल्ने आफना ग्राहककालागी १० लाख बराबरको दुर्घटना बिमाको योजना ल्याएको थिए । खड्काको ०७९ असार १२ गते खोलाले बगाएर मृत्यु भएको थियो ।

उक्त योजनामा खाता खोलेका खड्काको दुर्घटनामा परी मृत्यु भएकाले उनको श्रीमतीलाई १० लाखको चेक हस्तान्तरण गरेको एनआईसी एसिया बैंक मुगु शाखाका प्रबन्धक बिश्वराज बुढाले बताए ।

आफना श्रीमानले बैकमा खाता खोलेको आफुलाई जानकारी थिएन । ०७९ असार १२ गते खोलाले बगाएर मृत्यु भएको थियो ।

बैकले आफुलाई १० लाखको चेक हस्तान्तरण गरेको छ । उक्त रकम सोही बैकमा मुद्धतिमा राखेर त्यसबाट आएको ब्याजले छोराछोरीको पढाइमा खर्च गर्ने खड्काकी श्रीमती मायादेबीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्