४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाज

नारायणी नदीमा हाम फालेर एक पुरुष बेपत्ता

२६ साउन, काठमाडौँ ।चितवनको नारायणी नदीको पुलबाट हाम फालेर शनिबार मध्याह्नमा एक पुरुष बेपत्ता भएका छन् ।

शनिबार मध्याह्न १२ः३० बजेको समयमा भरतपुर महानगरपालिका-३ पुल्चोकस्थित नारायणीको पुलबाट हाम फालेर एक पुरुष बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिनुभयो ।

बेपत्ता भएका पुरुष अन्दाजी २५/३० वर्षको भएको उहाँले बताउनुभयो । बेपत्ता पुरुषको पहिचान खुलेको छैन । नदीमा हाम फालेका पुरुषको खोजी कार्य भइराखेको प्रहरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्