७ आश्विन २०८१, सोमबार
मुख्‍य समाचार राजनीति समाचार समाज

विज्ञ टोलीले श्रम मन्त्रालयलाई बुझायो श्रम आप्रवासन नीतिको मस्यौदा

२७ साउन, काठमाडौं। विज्ञ टोलीले तयार गरेको श्रम आप्रवासन नीतिको मस्यौदा श्रम मन्त्रालयलाई बुझाएको छ ।

श्रम तथा आप्रवासन विज्ञ डा. गणेश गुरुङको संयोजकत्वमा गठित विज्ञ टोलीले तयार गरेको नीतिको मस्यौदा आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिहं भण्डारीलाई बुझाएको हो ।

मस्यौदामा वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने विषयहरु समेटिएको छ । विज्ञ टोलीले तयार गरेको उक्त मयौस्दा अब मन्त्रालयले हेर्नेछ ।

सुरक्षामन्त्री शरतसिहं भण्डारीले बद्लिदो परिवेशमा बद्लिदो श्रम आप्रवासनका मुद्दालाई सम्बोधन गर्ने बिश्वास व्यस्त गरे ।

प्रतिक्रिया दिनुहोस्