३ आश्विन २०८१, बिहीबार
मुख्‍य समाचार समाचार समाज

डोटीको एक होटेलमा युवक मृत फेला

२८ साउन, डोटी । डोटीको एक होटेलमा युवक मृत फेला परेका छन् ।

जिल्लाको जोरायल गाउँपालिका-२ बुडर बजारस्थित होटेलमा नामथर नखुलेका अन्दाजी ३० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्