४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

२८ साउन, काठमाडौं । मोरङमा हत्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुन्दरहरैँचा नगरपालिका–१०, बागझोडाका ५८ वर्षीय लक्ष्मण नेपाल छन् ।

आफ्नै श्रीमती ४१ वर्षीया पवित्रा फुयाल नेपालको हत्या गरेको उनीमाथि आरोप छ । आइतबार (हिजो) बिहान उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

घरायसी विवादका क्रममा लक्ष्मणले खुकुरी प्रहार गर्दा पवित्रा गम्भीर घाइते भएकी थिइन् । विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्