४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

भारतमा मोबाइल लुट्ने तीन नेपालीसहित चारजना पक्राउ

२८ साउन,  हैदराबाद । असुली धन्दामा संलग्न तीन नेपालीसहित चारजनालाई भारतीय प्रहरीले आइतबार पक्राउ गरेको छ ।

आरोपित नेपालीमा भारतको रानीगन्जमा बस्दै आएका २० वर्षीय निराजन तिरुब र २२ वर्षीय विशाल कुमार तथा सिन्धि कोलोनीमा बस्दै आएका २२ वर्षीय विक्रम बुढा छन् । पक्राउ पर्ने अर्का एक व्यक्ति भारतकै ३४ वर्षीय प्रेम राय हुन् ।

उनीहरूको आम्दानी कम भएपछि मोबाइल लुट्ने योजना बनाएको बताइएको छ । यही अगस्ट १० मा विशालको कोठामा बसेर योजना बनाई उनीहरू स्थानीय रासोलपुरा एक्स रोडमा गएका थिए । उक्त स्थानमा उनीहरूले मानिसलाई धम्क्याएर मोबाइल मागेका थिए । मोबाइल दिएपछि उनीहरू त्यहाँबाट भागेका थिए ।

उजुरीका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरी भारतीय न्याय संहिताअनुसार कारबाही अघि बढाएको छ । उनीहरूका साथबाट प्रहरीले ६ सेट मोबाइल फोन र दुईपांग्रे स्कुटी बरामद गरेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्