४ आश्विन २०८१, शुक्रबार
अर्थ मुख्‍य समाचार समाचार

घट्यो सुनचाँदीको मूल्य

२८ साउन,  काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन २४ क्यारेट (छापावाल) सुन प्रतितोला एक लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ७१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्