९ आश्विन २०८१, बुधबार
मुख्‍य समाचार राजनीति समाचार समाज

माओवादीको स्थायी कमिटी बैठकमा पार्टी कमिटीको आकार घटाउने प्रस्ताव

२८ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि प्रसाद सापकोटाले बैठकमा पार्टी कमिटीको आकार सानो बनाउनुपर्ने प्रस्ताव आएको बताएका छन् ।
सोमबार पार्टी कार्यालयमा बसेको स्थायी कमिटी बैठकपश्चात उनले बैठकमा नेताहरूले कमिटीको आकार घटाउनुपर्ने सुझाव राखेको बताए ।

उनले भने, ‘आज सबैले जोड दिएर भनेको कुरा के हो भने हाम्रो चिन्तनको धरातल माथि उठ्नु पर्यो हाम्रा छलफल बहस दर्शन, विचार, राजनैतिक सिद्धान्तमा बढि केन्द्रीत हुनुपर्यो र यसको साथै पार्टी कमिटी आलोचना, आत्मालोचना गर्न पनि धौधौ हुने खालका ठूला भए त्यो पार्टी कमिटी सानो बनाउनुपर्छ भन्ने छ ।’

यसको साथै, उनले पार्टी नेतृत्वको विषयमा विधिगत छलफलतिर जानुपर्ने सुझाव आएको भन्दै सबैको सामूहिक नेतृत्वको केन्द्रीकृत अभिव्यक्ति अहिले प्रचण्डबाट मात्रै हुन्छ भन्ने सबैले राखेको पनि बताए ।

उनले भने, ‘नेतृत्वको सवालमा त्यसको वैचारिक, राजनीतिक, सांगठनिक, विधिगत छलफलतिर जानुपर्छ भन्ने छ । सबैको सामूहिक नेतृत्वको केन्द्रीकृत अभिव्यक्ति, त्यसको केन्द्रीकृत अभिव्यक्ति भनेको अहिले प्रचण्डबाट मात्रै हुन्छ भन्ने कुरा पनि सबैले राख्नुभएको छ ।’
माओवादीको स्थायी कमिटी बैठक शुक्रबारदेखि जारी छ ।

प्रतिक्रिया दिनुहोस्