४ आश्विन २०८१, शुक्रबार
समाचार

भालुको आक्रमणबाट एक जना घाइते

२८ साउन, डोटी । डोटीमा भालुको आक्रमणबाट एक किशोर घाइते भएका छन् । आदर्श गाउँपालिका-४ देहीका १७ वर्षीय विष्णु बोहरा भालुको आक्रमणबाट घाइते भएका हुन् ।

माछेखोला भन्ने गाउँ नजिकैको जङ्गलमा बाख्रा चराउन गएका उनलाई सोमबार दिउँसो भालुले आक्रमण गरेको वडा अध्यक्ष खगेन्द्र ओझाले जानकारी दिए । उनलाई उपचारका लागि अस्पताल लगिएको स्थानीय गोपाल विष्टले बताए ।

प्रतिक्रिया दिनुहोस्