९ आश्विन २०८१, बुधबार
मुख्‍य समाचार समाचार समाज

ससुराको हत्या गरेको अभियोगमा ज्वाइँ पक्राउ

२८ साउन,  काठमाडौं । पर्साको वीरगञ्जमा ससुरा हत्या गरेको आरोपमा ज्वाइँ पक्राउ परेका छन् ।

वीरगञ्ज महानगरपालिका- ७ रामटोल बस्ने ६५ वर्षीय सीताराम सर्राफको हत्या गरेको अभियोगमा उनकै ज्वाइँ सोही महानगरपालिका- १० प्रगति टोल डेरा गरी बस्ने ३१ वर्षीय साजन सर्राफलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूबीच झैझगडा एवम् कुटपिट हुँदा गम्भीर घाइते भएका सीतारामको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्