९ आश्विन २०८१, बुधबार
मुख्‍य समाचार समाचार

कुलमानको समर्थनमा आज पनि प्रदर्शन

२८ साउन,  काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थनमा सोमबार पनि युवाहरूले प्रदर्शन गरेका छन् ।

घिसिङकै कारण मुलुकको विद्युत् क्षेत्र बलियो भएको भन्दै युवाहरूले उनको समर्थनमा प्रदर्शन गरेका हुन् । उनीहरूले ठूला उद्योगीहरूलाई विद्युत्‌को बक्यौता छुट दिन नहुने माग गरेका छन् ।

उनीहरूले बक्यौता रकम असुल गर्ने कामबाट फिर्ता नहुन घिसिङलाई आग्रह गरेका छन् ।

प्रदर्शनमा सहभागीहरूले ‘२२ अर्ब विद्युत् बक्यौता रकम असुल गर, विद्युत् प्राधिकरणभित्रको चलखेल बन्द गर’लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्