९ आश्विन २०८१, बुधबार
मुख्‍य समाचार राजनीति समाचार

सबै मिलेर जान्छ, केही टेन्सन छैन : प्रचण्ड

२८ साउन,  काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा सबै मिलेर जाने बताएका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकपछि ‘नेतृत्व हस्तान्तरणबारे लिखित प्रश्न नै आयो नि ?’ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, “केही हुँदैन । सबै मिलेर जान्छ । तपाईंहरूलाई हो टेन्सन, हामीलाई केही छैन ।”

स्थायी कमिटीको बैठकमा उपमहासचिव जनार्दन शर्माले प्रचण्डले नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएका थिए । अरू केही पदाधिकारीले पनि केन्द्रीय कमिटी भंग गरेर विशेष महाधिवेशनमा सुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस्