३ आश्विन २०८१, बिहीबार
मुख्‍य समाचार समाचार सुदूरपश्चिम

कैलालीका केही सामुदायिक विद्यालयमा ४ कक्षामाथि मात्र परीक्षा

२९ साउन, कैलाली । कैलालीका केही सामुदायिक विद्यालयले कक्षा १ देखि ३ सम्म पूर्ण रूपमा निरन्तर मूल्याङ्कन प्रणाली कार्यान्वयनमा ल्याएका छन् । अब टीकापुर नगरपालिका र आसपासका पालिकाले कक्षा १ देखि ३ का लागि प्रश्नपत्र नबनाई निरन्तर मूल्याङ्कनका आधारमा विद्यार्थीको मूल्याङ्कन गर्ने भएका हुन् ।

टीकापुरले यसै वर्षदेखि पूर्ण रूपमा निरन्तर मूल्याङ्कन लागु गरेको छ । कक्षा १ देखि ३ सम्मको आउने भदौ ४ गतेदेखि हुने सामुदायिक विद्यालयको प्रथम त्रैमासिक परीक्षाको प्रश्नपत्र निर्माण नगर्ने र निरन्तर मूल्याङ्कनका आधारमा मूल्याङ्कन गरिने शिक्षा अधिकृत नरेश अवस्थीले बताए ।

जोशीपुर गाउँपालिकाले पनि यसै वर्षबाट निरन्तर मूल्याङ्कनलाई कडाइका साथ लागु गर्ने र अन्य कक्षाको लागि प्रश्नपत्र निर्माण गर्न थालेको शिक्षा अधिकृत सङ्ग्रामसिंह धामीले बताए । जानकी गाउँपालिकामा पनि अहिले सञ्चालित प्रथम त्रैमासिक परीक्षामा कक्षा १ देखि ३ सम्मका लागि प्रश्नपत्र निर्माण नगरिएको शिक्षा अधिकृत धर्मानन्द कपाडीले बताए ।

त्यसैगरी लम्कीचुहा नगरपालिकाले पनि यस वर्षबाट निरन्तर मूल्याङ्कन लागु गरेको शिक्षा अधिकृत गौरीकान्त न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस्