४ आश्विन २०८१, शुक्रबार
अन्तराष्ट्रिय मुख्‍य समाचार समाचार

मङ्गल ग्रहमा पानीको भण्डार रहेको पुष्टि

२९ साउन, एजेन्सी ।मङ्गल ग्रहमा पानीको भण्डार रहेको पुष्टि भएको छ । लामो समयदेखि भइरहेको वैज्ञानिक अनुसन्धानले मङ्गल ग्रहको चट्टानको गहिराइमा तरल पदार्थ अर्थात् पानीको भण्डार भेटिएको पुष्टि गरेको अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनले जनाएको छ ।

वैज्ञानिकका अनुसार मङ्गल ग्रहको ध्रुवमा पानी जमेको र वायुमण्डलमा वाष्पको प्रमाण भएपनि ग्रहमा ठूलो परिमाणमा तरल पानी भेटिएको भने यो पहिलो पटक हो ।

नासाको अन्तरिक्षयान मार्स इनसाइट ल्याण्डरले सन् २०१८ देखि २०२२ सम्म मङ्गल ग्रहको भित्री भाग अध्ययन गरेर सङ्कलन गरेको तथ्याङ्क अनुसार त्यहाँँ पानीको भण्डार भएको पुष्टि भएको वैज्ञानिकले बताएका छन् । ल्याण्डरले सिस्मोमिटर प्रयोग गरेर अनुसन्धान गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्