संसदमा विपक्षी दलका सांसदहरुको विरोध
२९ साउन, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका केही सांसदले बोल्दाबोल्दै विद्युत् अवरुद्ध भएपछि त्यसको विरोध गरेका छन्।
बैठकको आकस्मिक समयमासांसद हरि ढकालले आफू बोलिरहेका बेला ‘माइक’काटिएको भन्दै विरोध जनाए । विद्युत् महसुलका विषयमा बोलिरहँदा माइकको लाइन काटिएपछि उनले आफ्ना भनाइ राख्न पाउनुपर्ने माग गरेका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले विद्युत् महसुलको विषयमा बोल्दाबोल्दै माइक काटिएको हुनाले समय तोकेर सांसद ढकाललाई बोल्न दिनुपर्ने माग गरे।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताका प्रतिनिधिले जनताका चासोबारे बोल्न पाउनुपर्ने माग गर्नुभयो । बैठक केहीबेर अवरुद्ध भएपछि अहिले सञ्चालन भएको छ ।
त्यसअघि, सभामुख देवराज घिमिरेले आफूहरुले बनाएको नियमावलीअनुसार बैठकलाई मर्यादित ढङ्गले सञ्चालनमा सघाउन सांसदहरुसँग अनुरोध गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्