१३ मंसिर २०८१, बिहीबार
मुख्‍य समाचार राजनीति समाचार समाज

सातै प्रदेशमा मानव अंगप्रत्यारोपण उप केन्द्र बनाइने मन्त्री पौडेलको घोषणा

२९ साउन, काठमाडौ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सातवटै प्रदेश मा मानव अंगप्रत्यारोपणका लागि उप केन्द्र खोलिने घोषणा गरेका छन् । विश्व अंगदान दिवसकाअवसरमा भक्तपुर स्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा अंगदान गर्नेहरुलाई सम्मानगर्दै मन्त्रीपौडेलले आफूले हालै सार्वजनिक गरेको कार्ययोजना मा पनि यो विषय समेटिएको बताए ।

उनले भने,‘मानव अंगदानका लागि सबै प्रदेशमा यसै केन्द्रको शाखाका रुपमा उप केन्द्र सञ्चालनहुनेछन् । तत्काल कोशी प्रदेशबाट यो काम थालिनेछ ।यस(केन्द्र)ले मात्र देशैभर सेवादिन सक्दैन त्यसैले भक्तपुर लाई केन्द्र बनाएर सातै प्रदेशमा अंगप्रत्यारोपण उप केन्द्र खोल्ने तयारी गरेका छौं ।’

उनले कोशीमाछिट्टै उप केन्द्र खुल्ने जानकारी दिंदै अरु प्रदेशमा पनि चाँडै काम थालिने गरी तयारी अघि बढिरहेको बताए । सीमित जनशक्ति,पूर्वाधार र श्रोतका कारण चाहेजस्तो सेवा दिन नसकिएको उल्लेख गर्दै मन्त्री पौडेलले हाल भएका जनशक्ति र श्रोतलाई अधिक सक्रिय बनाएर जनतालाई बढी लाभदिने गरी काम गर्ने प्रतिबद्धता समेत जनाए ।

भक्तपुर स्थित केन्द्र साँघुरो भएकाले समस्या परेको गुनासो आएको भन्दै मन्त्रीपौडेलले सूर्यविनायकमा स्थानान्तरणका लागि मन्त्रिपरिषदमा प्रस्ताव लैजाने बताए । ‘मैले यो कुरा स्टन्ट गर्न भनेको होइन, यो आवश्यकता हो । पूर्वाधार, जनशक्ति र उपकरणको पक्षबाट व्यवस्थित गर्छौं’ उनले भने ।

मन्त्री पौडेलले अस्पताल लाई उपकरण तथा जनशक्ति थप्ने विषयमाआवश्यक पहल गर्न प्रतिबद्ध रहेको पनिबताए । उनले मानव अंगदान जीवनदान भएको भन्दै यसलाई प्रोत्साहित गरिनु जरुरी रहेको उल्लेख गर्दै आफूले पनिअंगदान गर्ने घोषणा गरे ।

प्रतिक्रिया दिनुहोस्